
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मे १७ बाट पुनः सुरु हुनेछ भएको छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले सोमबार राति आगामी शनिबारबाट प्रतियोगिता सुरु गर्ने जानकारी दिउको हो ।
योसँगै प्रतियोगिता जुन ३ मा समाप्त हुने भएको छ । भारत–पाकिस्तान सीमामा तनावका कारण मे ९ मा एक हप्ताको लागि स्थगित गरिएको प्रतियोगिताको बाँकी खेल अब ६ वटा स्थानमा खेलाइनेछ। यी खेल बेंग्लुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा हुनेछ। दुई आइतबार हुने दुई डबल–हेडर सहित कुल १७ खेल खेलाइनेछ।
प्लेअफ खेलका लागि स्थान घोषणा गरिएको छैन । तर, मे २९ मा क्वालिफायर १, मे ३० मा एलिमिनेटर, जुन १ मा क्वालिफायर २ र जुन ३ मा फाइनल हुने तय छ। संशोधित तालिकामा कुल १७ खेल खेलाइनेछ जसमा १३ लिग खेल र चार प्लेअफ हुनेछन् । यसको अर्थ मे ८ मा पहिलो इनिङ्सको समयमा रद्द भएको पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स खेल अब मे २४ मा जयपुरमा हुने भएको छ।













समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
नेपाली क्रिकेट टोलीको बिदाइ
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतीय उद्योगपतिलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
भारतद्वारा नेपाललाई १३० टनभन्दा बढी सहायता सामग्री हस्तान्तरण
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड