
काठमाडौं। लालीगुराँस नेसनल एकेडेमी र क्यान्भास बसन्त ऋतु आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा बुधबार विजयी भएका छन् ।
बसुन्धारास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा लालीगुराँसले एन्जल्स हार्टलाई ३१–२८ ले पराजित गर्यो । लालीगुराँसको जितमा साहिद पुनले १३ अंक योगदान गरे । रिसन गुरुङको ४ अंक सहयोगमा क्यान्भासले ज्ञान संस्कारलाई २२–१९ ले हरायो ।
जुनियर ब्वाइजमै भ्याली पब्लिकले स्किब्सलाई ३९–२६ तथा गोल्डेनपिकले हेराल्डलाई ४५–२३ ले पाखा लगाए । भ्याली पब्लिकका आर्यन गुरुङले १३ तथा स्किब्सका सफल राईले १२ अंक जोडे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३१–२७, केभीकेएसएसले जेबी स्कुललाई २३–१५, ग्रिनल्यान्डले तेजस्वीलाई ३९–२७ र फेरिल्यान्डले एन्जल्स हार्ट नेसनल स्कुललाई २२–१८ ले पन्छाए । भ्याली पब्लिककी लोरिशा गौचनले ११, केभीकेएसएसकी पूजा लामाले ६, ग्रिनल्यान्डकी बिहानी राईले २१ र फेरिल्यान्डकी खुश्बु मगरले ६ स्कोर गरे ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै