
काठमाडौं । यो साता नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यो साता सुन तोलामा ६ हजार २०० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँ महंगो भएको हो ।
साताको पहिलो दिन अर्थात आइतबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । अन्तिम दिन शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महास.घका अनुसार साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै नेपाली बजारमा मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार तोलामा ५ हजार रुपैयाँ बढेर १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार तोलाको १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । कारोबार हुने अन्तिम दिन शुक्रबार भने १ हजार १०० रुपैयाँ घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै यो साता चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार तोलाको १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार २ हजार ५ रुपैयाँ पुगेको हो ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह