
काठमाडौं । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको राससलाई जानकारी दिए। आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ ।
प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरेत्रिशूलीगल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन
१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदै ईयू, के हुन् प्रस्तावित नयाँ नियम?
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
आज विश्वकर्मा पूजा, सवारीसाधनको पूजाआजा गरी मनाइदै
एभरेष्ट बैंकको सेयरमूल्य समायोजन
मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलरको मूल्य स्थिर, युरोको बढ्दा पाउण्डको घट्यो, कुन देशको विनिमयदर कति ?
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी