
काठमाडौं । सोमबार सेयर बजार घटेर बन्द भएको छ । कारोबार खुल्न वित्तिकै उच्च अंकले बढेर २७०० माथि पुगेको बजार अन्तिममा ५ दशमलव २१ अंकले घटेर २६७४ दशमलव ७६ विन्दुमा पुगेर बन्द भएको हो ।
कारोबार खुलेको पहिलो मिनेटमा नै सेयर बजार परिसूचक २७४५ दशमलव ९ विन्दुमा पुगेको थियो । दिनभरको उत्तारचढाबका बीच अन्तिममा घटेर कारोबार बन्द भएको हो । आज सेयर बजारमा १५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९२ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३७ अंकले घटेर ४५६ दशमलव ०९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने २ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ ।
परिसूचसँगै आज कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ७ अर्ब ६० करोड माथिको कारोबार भएको बजारमा अजा ७ अर्ब ५८ करोड ५० लाख २२ हजार ५९० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३३७ कम्पनीका १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर ६९ हजार ६५१ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू