काठमाडौं । सोमबार सेयर बजार घटेर बन्द भएको छ । कारोबार खुल्न वित्तिकै उच्च अंकले बढेर २७०० माथि पुगेको बजार अन्तिममा ५ दशमलव २१ अंकले घटेर २६७४ दशमलव ७६ विन्दुमा पुगेर बन्द भएको हो ।
कारोबार खुलेको पहिलो मिनेटमा नै सेयर बजार परिसूचक २७४५ दशमलव ९ विन्दुमा पुगेको थियो । दिनभरको उत्तारचढाबका बीच अन्तिममा घटेर कारोबार बन्द भएको हो । आज सेयर बजारमा १५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९२ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३७ अंकले घटेर ४५६ दशमलव ०९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने २ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ ।
परिसूचसँगै आज कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ७ अर्ब ६० करोड माथिको कारोबार भएको बजारमा अजा ७ अर्ब ५८ करोड ५० लाख २२ हजार ५९० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३३७ कम्पनीका १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर ६९ हजार ६५१ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।