
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) पहिलो क्वालिफायरमा पुगेको छ । लखनउको घरेलु मैदानमा हिजो भएको खेलमा बेङ्गलुरुले लखनउलाई ६ विकेटले हराएको हो । लखनउले दिएको २ सय २८ रनको लक्ष्य बेङ्गलुरुले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
बेङ्गलुरुका कप्तान जितेश शर्माले अविजित ८५ रन बनाए । विराट कोहलीले ५४ रन जोडे । लखनउका विल ओरुकले २ तथा आवेस खान र आकाश सिंहले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । लखनउका कप्तान ऋषभ पन्तले अविजित १ सय १८ रन बनाए । तर टोलीको हार टार्न सकेनन् ।
बेङ्गलुरुका रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान १ विकेट लिए । लखनउ यसअघि नै प्लेअफबाट बाहिरिसकेको थियो । विजयी बेङ्गलुरुले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ । अब फाइनल प्रवेशका लागि बेङ्गलुरुले पन्जाब किङ्ग्ससँग खेल्नेछ । बेङ्गलुरुको जीतसँगै गुजरात टाइटन्सले इलिमिनेटर खेल्नुपर्ने भएको छ । गुजरातले मुम्बई इन्डियन्ससँग इलिमिनेटरमा खेल्नेछ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै