
काठमाडौं । स्पेनी ला लिगामा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन जित निकालेको छ । उसले एक गोलले पछाडि रहेको स्थितिमा इस्पनयोललाई सजिलै ४–१ ले हराएको हो। थिबो कोट्वाको आत्मघाती गोलले रियल ५४ औं मिनेटमा पछाडि परेको थियो ।
तर त्यसपछि रियलले लगातार चार गोल गरेको थियो। त्यसमध्ये केयलिन एम्बापेले लिगका पछिल्ला तीन खेलमा चौथो गोल गरे। अन्य गोल डानी काराभाजल, रोड्री र भिनिसियस जुनियरको नाममा रह्यो । जितपछि रियलको ६ खेलबाट १४ अंक भएको छ र लिगमा अपराजित छ । अन्य खेलमा भ्यालेन्सियाले जिरोनालाई २–० र ओसासुनाले लास पाल्मासलाई २–१ ले हरायो ।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित
वर्षामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भुजुङ हाईड्रोपावरको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा समाप्त हुने
रिलायबल नेपाल लाइफको करिब पौने ४ लाख सेयरको लकइन अवधि साउनमा सकिदै
हिमालयन लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ५० प्रतिशत छुट
सोपान मल्टिपल कम्पनीको जगेडा सेयर बिक्री समय थप
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने