
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल विरुद्धको रिटमा सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ ।सर्वोच्च अदालतमा गभर्नर डा पौडेलको नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा लगायतले गत शुक्रबार सर्वोच्चमा पेस गरेको रिट मंगलबार दर्ता भएको हो ।
दायर भएको रिटमा अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका बारेमा छलफलका लागि सम्बन्धित पक्षलाई बोलाएको छ ।आज सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले डा. पौडेललाई नियुक्ति गर्नुको कारण सरकारसँग माग गरेको हो । रिटमा नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्वका, राष्ट्रलाई नै असर पर्नेगरी गभर्नरको हैसियतमा कुनै दूरगामी कार्य नगर्न नगराउन विपक्षीका नाममा अन्तरिम आदेश माग गरिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात