विश्वकप छनोटमा इंग्ल्याण्डको कठिन जित

काठमाडौं । इंग्ल्याण्डले विश्वकप छनोटमा कठिन जित निकालेको छ । आफ्नाे विजय यात्रालाई जारी राख्ने क्रममा इंग्ल्यान्डले शनिवार अन्डोरामाथि १–० झिनो अन्तरको जित निकालेको हो ।

इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले गरेको गोल नै निर्णाय बन्यो । उनले राष्ट्रिय टोलिबाट ७२ औँ अन्तर्राष्ट्रिय गोल गरे । विश्व फुटबलको १ सय ७३ औँ स्थानमा रहेको टोलीसँग संघर्षपूर्ण खेल खेलेपछि प्रशिक्षक थोमस टुचेलको टोलीलाई दर्शकहरूले हुटिङ गरेका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार