
काठमाडौं। काष्ठमण्डप विद्यालयले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा सोमबार तीन खेलमा जित हात पारेको छ । तीन फरक उमेरसमूहमा जित हात पारेको काष्ठमण्डपले यु–९, यु–११ र यु–१३ सफलता पायो ।
यु–९ मा काष्ठमण्डपले राई स्कुललाई ४–० गोलले पराजित गर्यो । काष्ठमण्डपका स्लोक रिमालले २ तथा अनय रेग्मीले १ गोल गरे । एक गोल आत्माघाती थियो । यु–११ मा काष्ठमण्डपले आयोजक एक्सेल्सियर (यल्लो) लाई ४–२ गोलले हरायो । विजेताका अधिराज श्रेष्ठले २ तथा नडुप प्रसाईं र शिभांकराज भट्टले १–१ गोल गरे । एक्सेल्सियरका दृशान्त कार्की र जम्बाला डोर्जे लामाले समान १–१ गोल गरे ।
यु–१३ मा काष्ठमण्डपले एक्सेल्सियर (नीलो) लाई ५–१ गोलले पाखा लगायो । काष्ठमण्डपका वैभव बुढाथोकीले २ तथा सुजस्विन ओझा, नेयोन भण्डारी र साहस्य सिंहले समान १–१ गोल गरे । एक्सेल्सियरका ओजस पाठकले सान्त्वना गोल गरे । यु–९ मा दोहोरा जित निकालेको कोहिनुरले लाइफ स्कुललाई १–० तथा एक्सेल्सियर (यल्लो) लाई समान २–० को नतिजामा पन्छायो ।
यु–१३ मा रिब्सले ज्ञानोदय बालवाटिकालाई १–०, एक्सेल्सियर (यल्लो) ले ज्ञानोदयलाई २–१, कोहिनुरले बोधीसत्वलाई ३–०, एआई स्कुलले सेक्रेड हार्टलाई ३–० र हार्ट ल्यान्डले सेक्रेड हार्टलाई २–१ गोलले पराजित गरे । किड्स लर्निङ र बोधीसत्वले गोलरहित बराबरी खेले । यु–१६ मा रिब्सले एलआरआईमाथि २–० को जित दर्ता गर्यो ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम