ऐतिहासिक जित नजिक पुगेर चुक्यो नेपाल, स्कटल्याण्डसँग २ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाली टोलि ऐतिहासिक जित नजिक पुगेर चेकेको छ । स्कटल्याण्डले दिएको ३२४ रनको विशाल लक्ष्य नेपाली टोलिले भेटाउन सकेनन् । नेपाली टोलि २ रनले पराजित भयो । नेपाल निर्धारित ओभरमा ३२१ रनमा अलआउट भयो । यदि यो खेलमा नेपालले जितेको भए सबै भन्दा ठूलो रनको लक्ष्य पार गर्ने रेकर्ड बनाउने थियो । तर, त्यो अवसरबाट नेपाल चुक्यो ।

नेपालका लागि भीम सार्कीले ७३, सोमपाल कामीले ६७ र दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाए । स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए । यस्तै सफियान शरीफ र माइकल लीस्कले समान दुई तथा ब्रान्डन म्याकमुलेन र चार्ली क्यासलले समान एक विकेट लिए । त्यसअघि स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा छ विकेट गुमाएर ३२३ रन बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले १०२ रन बनाए । यस्तै माइकल लीस्कले ९६ र चार्ली टियरले ६८ रन जोडे । नेपालका करन केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए ।

यो जीतसँगै स्कटल्यान्ड १९ खेलमा २४ अङ्कसहित तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । १५ खेलमा १० अङ्कसहित नेपाल सातौं स्थानमा यथावत् छ । लिग–२ को तालिकामा अमेरिका शीर्ष स्थानमा छ । लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी छन् ।

नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । लिग–२ को चौथो तथा अन्तिम खेलमा नेपालले भोलि फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ । लिग–२ को शीर्ष चारमा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन् । यस्तै पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार