
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रस्तावित २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर अव्यवहारिक भएको भन्दै सुनमा लगाइएको विलासिता कर र हिरा लगायत बहुमुल्य पत्थरमा लगाइएको मुल्य अभिवृद्धिकर (भ्याट) पुनरावलोकन गर्न सरकारसंग माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा रत्न तथा आभूषण संघको प्रतिनिधीमण्डलबीच आइतवार महासंघ सचिवालयमा यस विषयमा भएको छलफल भएको हो ।
सुनमा लगाइएको विलासिता कर र हिरा लगायत बहुमुल्य पत्थरमा लगाइएको मुल्य अभिवृद्धिकर (भ्याट) का विषयमा महासंघले यस अघि नै बजेटको प्रतिक्रियामा करका यी प्रावधानले व्यवसाय तथा रोजगारीमा प्रभाव पर्ने औपचारिक धारणा सार्वजनिक गरेको थियो । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, रत्न तथा आभूषण संघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले करका यी प्रावधानहरुले व्यवसाय नै धरासायी हुने भन्दै पुनरावलोकन गर्न माग गर्दै आएका छन् । तीन वटै संस्थाका प्रतिनिधीहरुले यस विषयमा आवश्यक पहल गर्न उद्योग वाणिज्य महासंघलाई आग्रह गरे ।
महासंघका अध्यक्ष ढकालले व्यवसायीहरुले उठाएका विषयहरु सान्दर्भिक रहेको उल्लेख गर्दै महासंघको तर्फबाट आवश्यक पहल गर्ने बताए । ‘व्यवसायीहरुले उठाएको यो विषय आम उपभोक्ता र रोजगारीसँग जोडिएको विषय हो । प्रस्तावित कर नीतिले व्यवसायी र आम उपभोक्तालाई गम्भीर असर पर्ने देखिन्छ । मुअकर पुनरवलोकनको लागि महासंघले सरकारसँग आवश्यक पहल गर्ने छ,’ उनले भने । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार, रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकार र नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यले सुनचाँदी, हिरा, जवाहरात र हस्तकला व्यवसायमा प्रस्तावित करका प्रावधानले व्यवसायी र आम उपभोक्तालाई गम्भीर असर पार्ने बताए ।
बजेटमा प्रस्तावित २ प्रतिशत विलासिता करले सुनको कारोबारमा बहुकर प्रणाली (राउन्ड ट्रिपिङ) निम्त्याउने र उपभोक्तालाई ६ प्रतिशतसम्म थप मूल्य तिर्न बाध्य बनाउने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी व्यवसायी महासंघको दाबी छ । यसले सुनको बजारमा मन्दी निम्त्याउने, फिर्ता बिक्री (बाईब्याक) प्रणालीमा अवरोध पुग्ने र उपभोक्ताको विश्वास घट्ने खतरा रहेको दुवै महासंघको धारणा छ ।
हिरा तथा बहुमूल्य पत्थरमा लागू गरिएको १३ प्रतिशत भ्याटले सुनका गहनाको मूल्यमा थप १९ प्रतिशतसम्म मूल्यवृद्धि हुने विश्लेषण छ । यसले गहनाको मूल्य बढ्ने, अवैध आयातलाई प्रोत्साहन गर्ने, आम उपभोक्तालाई गम्भीर आर्थिक भार पर्नुका साथै २५ हजार व्यवसायी र १५ लाखभन्दा बढी कालिगड र मजदुरको रोजीरोटीमा असर पर्ने व्यवसायीहरुको दाबी छ ।
दुवै महासंघले सरकारसँग सुन र सुनका गहनामा लागू २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, हिरा र जवाहरात जडित गहनामा लागू १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनचाँदी कारोबारलाई प्रोत्साहन गर्न दीर्घकालीन ऐन, नियम र नीति निर्माण गर्नुपर्ने मागहरू राखेका छन् । यस्तै कर संरचना परिवर्तन गर्नुअघि व्यवसाय र रोजगारीमा पर्ने प्रभावको विस्तृत अध्ययन गर्नुपर्ने, छिमेकी मुलुक भारतमा जस्तै भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने, गुणस्तर प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्ने तथा निर्यात ढुवानीमा लाग्ने २.५ प्रतिशत टीडिएस खारेज गर्नुपर्ने माग राखेका छन् ।












समाचार
कमजोर बन्दै कृषि विकास बैंक, नाफासँगै वितरणयोग्य मुनाफामा पनि गिरावट
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफल, वित्तीय संकटबाट नागरिक र निजी क्षेत्रलाई उकास्न अर्थमन्त्रीको पहल
स्टक ब्रोकर एसोसिएसनको आगामी निर्वाचनमा अध्यक्षका लागि कृष्ण गिरीकाे उम्मेदवारी घाेषणा
नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा
बिनाकागजात वैदेशिक रोजगारीमा गएकाहरूको उद्धार गर्दै मन्त्रालय
‘फ्री भिसा–फ्री टिकट’ नीति कागजमै सीमित व्यवहारमा कार्यान्वयन हुन सकेन : श्रममन्त्री यादव