
काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टि–२०आई सिरिजको आफ्नो पहिलो खेलमा नेदरल्यानन्ड्सले नेपाली टोलीलाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याट्रि गरेको नेदरल्यान्ड्सले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाए पछि नेपालले १५३ रनको लक्ष्य पाएको हो ।
नेदरल्यान्ड्सका लागि मध्यक्रमका खेलाडी तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । तल्लोक्रममा सकिब जुल्फिकरले आक्रामक ब्याटिङ गरेपछि नेदरल्यान्ड्सले १ सय ५० रनको आँकडा पार गरेको हो । उनले २५ रनको पारी खेले । ओपनर म्याक्स ओ डाउड १९ र माइकल लेभिट २० रन जोडेर आउट भए ।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै नन्दन यादवले २ विकेट लिए भने ललित राजवंशीले र कुशल भुर्तेलले समान१–१ विकेट हात पारे । यो खेलबाट अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि डेब्यु गरे ।
सिरिज अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराइसकेको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै