
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अतिविपन्न ३० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका परिवारका लागि वडाले वार्षिक रु १ लाख पाँच हजार बराबरको बिमा प्रिमियम तिरिदिएको हो ।
‘आर्थिक अवस्था कमजोर बिमा प्रिमियम तिर्न नसक्ने नागरिकलाई प्राथमिकतामा राखेर बिमामा आबद्ध गराएका छौँ’, वडाअध्यक्ष लालबहादुर ऐरले भने, ‘वडाले प्रत्येक परिवारलाई रु तीन हजार ५०० का दरले पाँच सदस्यको बीमा गराएको छ ।’ विपन्न परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराएपछि स्वास्थ्योपचार खर्चमा हुने आर्थिक भार घट्ने, स्वास्थ्य सेवा पहुँचमा रहेका असमानता हट्ने, गरिब तथा जोखिममा परेका समूहलाई विशेष सुरक्षा प्रदान हुने उनले बताए ।
‘एक व्यक्तिको प्रिमियममा पाँच सदस्यसम्म स्वास्थ्य सेवा लिन सक्छन्’, वडा कार्यालयका कर्मचारी केशव जोशीले भने, ‘दीर्घरोग, सुत्केरी सेवा, आकस्मिक सेवालगायत उपचार हुने कार्यसँगै वार्षिक रु तीन हजार पाँच सयमा पाँच सदस्य परिवारसम्म र त्यसपछि प्रतिसदस्य रु सात सय अतिरिक्तमा स्वास्थ्य बिमा उपलब्ध गराउने व्यवस्था छ ।’
उनका अनुसार ७० वर्षमाथि, अतिगरिब, अशक्त, अपाङ्गता भएकाहरूले प्रिमियममा पूर्ण छुट पाउँछन् । वडा कार्यालयले आव २०७९/८० मा ४० अतिविपन्न परिवारको बीमा गराएको थियो । यो पहलले विपन्न नागरिकमा सरकारी सेवाको पहुँच महसुस गराएको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीय बमन रानाले भने, ‘बीमा गर्न सक्ने हैसियत थिएन, वडाले रकम तिरेपछि हामीजस्ता गरिबलाई उपचारमा राहत मिलेको छ ।’













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू