काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रदमा आवेदन खुला भएको छ । कम्पनीले आजदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।