युभेन्टसलाई पराजित गर्दै रियल क्लब विश्व कपको क्वाटरफाइनलमा

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले इटालिन टोली युभेन्टसलाई पराजित गर्दै क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । अमेरिकाको हार्ड रक स्टेडियममा रियलले युभेन्टसलाई १–० ले पराजित गर्दै रियल अन्तिम ८ मा पुगेको हो ।

रियलका लागि गोन्जालो गार्सियाले गरेको गोल नै निर्णायक बन्यो । गार्सियाले ५४ औं मिनेटमा गोल गरेका थिए । रियलले अब सेमिफाइनल प्रवेशका लागि जर्मन क्लब बोरुसिया डटमण्डसँग खेल्ने छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार