
काठमाडौं । साइबर अपराधको आरोपमा मुद्दा दायर भएपछि पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार अदालतमा उपस्थित भएका पाठकमाथि न्यायाधीश खेमराज भट्टराईको इजलासमा थुनछेक बहस सम्पन्न भएको थियो ।
युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा १६ असारमा नेपाल प्रहरीको साइबर ब्यूरोले उनीविरुद्ध मुद्दा दायर गरेको हो । हिल्टन होटलसम्बन्धी भिडियोमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको नाम जोडिएको भन्दै साइबर ब्यूरोमा उजुरी परेको थियो । उच्च अदालतले पूर्व आदेशमार्फत पक्राउ नगर्न भनेकाले प्रहरीको अनुरोधमा उनलाई पक्राउ नगरी मुद्दा दायर गरिएको थियो ।
फेसबुक प्रतिक्रिया












समाचार
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु
वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती
व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
हर्मुजमा शुल्क लिने इरानको अडान
नेप्सेमा झिनो सुधार, चार अर्ब ११ करोडभन्दा माथिकाे कारोबार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव