
काठमाडौं । शुभमन गिलको कीर्तिमानी सानदार दोहोरो शतकमा भारतले इङ्गल्याण्ड विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङसमा ५८७ रन बनाएको छ । भारतले ५ विकेटको नोक्सानीमा ३१० रनबाट दोस्रो दिन बिहीवार ब्याटिङ सुरु गरेको थियो ।
गिल ११४ रन र रविन्द्र जडेजाले ४१ रनबाट दोस्रो दिनको खेल अघि बढाएका थिए । २५ वर्षीय कप्तान गिलले रकेर्डको वर्षा नै गरे । उनले ३८७ बल खेलेर ३० चौका र ३ छक्काका सहित २६९ रनको पारी खेले । उनी इङ्ल्याण्डमा टेस्ट खेलमा दोहोरो शतक प्रहार गर्ने पहिलो एसियाली कप्तान बनेका छन् । उनी इङ्ल्याण्डमा सर्वाधिक रन बनाउने भारतीय कप्तान पनि बने ।
सन् १९९० मा मोहम्मद अजहरुद्दीनले बनाएको १ सय ७९ रनको कीर्तिमान तोडे । साथै उनी इङ्ल्याण्डमा टेस्ट खेलमा सर्वाधिक रन बनाउने भारतीय खेलाडी पनि बने । यसअघि सन् १९७९ मा द ओभलमा सुनिल गावस्करले २ सय २१ रन बनाएका थिए । गिल टेस्ट क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने २६ औं भारतीय खेलाडी बनेका छन् । अहिलेसम्म १२ भारतीय खेलाडीले एक–एक दोहोरो शतक बनाइसकेका छन् । उनी १३ औं खेलाडीका रुपमा त्यो सूचीमा थपिएका छन् । यो भारतीय खेलाडीद्वारा बनाइएको ५० औं दोहोरो शतक पनि हो । विराट कोहलीले ७ पटक दोहोरो शतक प्रहार गर्दै सबैभन्दा बढी दोहोरो शतक बनाउने भारतीय खेलाडीको कीर्तिमान बनाएका छन् ।
गिल टेस्ट कप्तानका रुपमा दोहोरो शतक बनाउने पाँचौँ भारतीय खेलाडी बनेका छन् । यसअघि विराट कोहली, सचिन तेन्दुलकर, एमएस धोनी, गावस्कर र मन्सूर अली खान पटौदीले कप्तानका रुपमा दोहोरो शतक बनाएका छन् । गिल टेस्ट र एकदिवसीय दुवैमा दोहोरो शतक बनाउने चौथो भारतीय खेलाडी पनि बने । यसअघि यो उपलब्धि रोहित शर्मा, सचिन तेन्दुलकर र वीरेन्द्र सेहवागको नाममा मात्र रहेको छ ।













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु