
काठमाडौं । एएफसी महिला एसियन कप २०२६ को यात्रा निर्णायक मोडमा आइपुगेको छ । तासकन्तमा नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच शनिवार हुने समूह चरणको अन्तिम खेलले अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको टुंगो लगाउनेछ । खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ।
समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तानले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै समान ६ अंक र समान १७ गोलसहित शीर्ष दुई स्थानमा छन् । थप रोचक विषय के छ छने दुवै टोलीले अहिलेसम्म प्रतियोगितामा कुनै गोल खाएका छैनन् । जसले गर्दा यो अन्तिम खेल एक प्रकारको ‘फाइनल सहर’ बन्न पुगेको छ । जहाँ विजेता टोलीले एसियन कपको टिकट काट्ने छ ।
तर चुनौती सजिलो छैन । फिफा वरीयतामा उज्वेकिस्तान नेपालभन्दा धेरै माथि छ । उज्वेकिस्तान ५१ औं स्थानमा रहेको छ भने नेपाल एक सयौं स्थानमा । दुई टोलीबीच भएका ३ भेटमा उज्वेकिस्तानले सबै जित निकाल्दै ११ गोल गरेको छ । नेपालले ३ गोल मात्र फर्काउन सकेको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै