एसियन कप छनोट : फाइनल सरहको खेलमा नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । एएफसी महिला एसियन कप २०२६ को यात्रा निर्णायक मोडमा आइपुगेको छ । तासकन्तमा नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच शनिवार हुने समूह चरणको अन्तिम खेलले अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको टुंगो लगाउनेछ । खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ।

समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तानले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै समान ६ अंक र समान १७ गोलसहित शीर्ष दुई स्थानमा छन् । थप रोचक विषय के छ छने दुवै टोलीले अहिलेसम्म प्रतियोगितामा कुनै गोल खाएका छैनन् । जसले गर्दा यो अन्तिम खेल एक प्रकारको ‘फाइनल सहर’ बन्न पुगेको छ । जहाँ विजेता टोलीले एसियन कपको टिकट काट्ने छ ।

तर चुनौती सजिलो छैन । फिफा वरीयतामा उज्वेकिस्तान नेपालभन्दा धेरै माथि छ । उज्वेकिस्तान ५१ औं स्थानमा रहेको छ भने नेपाल एक सयौं स्थानमा । दुई टोलीबीच भएका ३ भेटमा उज्वेकिस्तानले सबै जित निकाल्दै ११ गोल गरेको छ । नेपालले ३ गोल मात्र फर्काउन सकेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार