
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) अमेरिका जारी क्लब विश्व कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा जर्मन टोली बायर्न म्युनिखलाई २–० ले पराजित गर्दै पिएसजी क्लब विश्वकपको अन्तिम चारमा पुगेको हो ।
९ खेलाडीमा सिमित भएर पनि पिएसजी जित निकाल्न सफल रह्यो । च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानविरुद्ध दुई गोल गरेका डेसाइर डोउले खेलको ७८ औं मिनेटमा पिएसजीका लागि पहिलो गोल गरे । विलियन पासो ८२ औं मिनेट र लुकास हर्नान्डेजलाई इन्ज्युरी समयको दोस्रो मिनेटमा रातो कार्ड पाएपछि पिएसजी ९ खेलाडीमा समेटियो । इन्ज्युरी समयको छैटौं मिनेटमा उस्मान डेम्बेलेले दोस्रो गोल थप्दै पिएसजीको जित पक्का पारे ।
बायर्नको ३५ वर्षीय फर्वार्ड थोमस मुलरले अन्तिम १० मिनेटमा किङ्स्ली कोमनको सट्टा मैदान प्रवेश गरे । बायर्नका लागि त्यो उनको अन्तिम खेल रह्यो । उनले बायर्नमा १७ वर्ष बिताए । उनले टोलीबाट थुप्रै उपाधि जितेका थिए । अब पीएसजीले फाइन प्रवेशका लागि रियल म्याड्रिडसँग खेल्ने छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह