
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ को बिन्दुमा बन्द भएको छ । सोमबार सेयर कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । आज ३११ वटा कम्पनीको एक करोड ९४ लाख १५ हजार कित्ता सेयर खरिद–बिक्री भएर ८ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, यसदिन म्युचुअल फण्ड र होटल्स एण्ड टुरिज्म इन्डेक्समा हरियाली छाएको छ । यी बाहेकका अन्य उपसूचकहरु राताम्मे बनेका छन् ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८० करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । गार्डियन माइक्रो लाइफको ४१ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साहस ऊर्जाको २० करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.५६ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लागनीकर्ताले ६.२८ प्रतिशतका दरले कमाएका छन् । भगवती हाइड्रोपावरका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएको छन् । आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका गुमाएका हुन् ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै