
कैलाली । छाडा पशुचौपाया व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अवस्थित गौशालाले छाडा पशुको व्यवस्थापनसँगै आम्दानी गर्दै आएको छ । विसं २०७४ मा स्थापना भएको गौशालामा सानाठूला गरी हाल १४३ छाडा पशुहरू रहेका छन् । जसमा २७ वटा स्थानीय जातका दूध दिने दुधालु गाई छन् । ती गाईबाट दैनिक ३२ लिटर दूध उत्पादन भइरहेको गौ संरक्षण सेवा समितिका व्यवस्थापक रिता अवस्थीले जानकारी दिए । उनका अनुसार सुरुमा तीन लिटर दूधबाट बिक्री सुरु गरिएको थियो । हाल प्रतिलिटर रु ९० का दरले मासिक रु ८६ हजार ४०० आम्दानी भइरहेको छ ।
“केही वर्षदेखि गौशालाबाट गड्यौला मल र गोठेमलसमेत उत्पादन हुँदै आएको छ । यसबाट मासिक रु ३० हजार आम्दानी हुन्छ । गौशालाको मुख्य आम्दानी विभिन्न गौदान, श्राद्ध, पूजाआजालगायत विभिन्न धार्मिक कार्यक्रमबाट हुने गरेको छ”, गौशाला व्यवस्थापक अवस्थीको भनाइ छ । गौशालामा रहेका छाडा पशुचौपायाको हेरविचार, स्याहारसुसारका लागि गौ संरक्षण सेवासमितिले पाँच जना कर्मचारी राखेको छ ।गौशालाबाट भएको आम्दानीबाट मासिक रुपमा रु ७५ हजार ती कर्मचारीको तलबमा खर्च हुने गरेको छ । यस्तै, पशु आहारका लागि भुसा, पराल, नवीन दाना, चोख्खरलगायत आहारमा खर्च भइरहेको छ ।
गौशालामा रहेका गाईहरूका लागि पर्याप्त आहारा अपुग छ । पर्याप्त पोषणयुक्त आहारा पु¥याउन सकेको खण्डमा अझै दूध उत्पादनमा वृद्घि गरी आम्दानी बढाउन सकिने व्यवस्थान समूहले जनाएको छ । “सामुदायिक गौशाला भएकाले सरकारी तवरबाट जुन रूपबाट सहयोग हुनुपर्ने हो त्यति सहयोग हुने गरेको छैन”, अवस्थीले भने, “कहिलेकाहीँ धनगढी उपमहानगरपालिका, भटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रलगायत निकायबाट केही सहयोग हुने गरे पनि गौशाला व्यवस्थापनमा त्यसले पुग्दैन । त्यसैले यसको व्यवस्थापनका लागि सहयोग गर्न आवश्यक छ ।”













समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित