
काठमाडौं । वाणिज्य बैंकहरुको कृषि क्षेत्रमा १३ प्रतिशत कर्जा लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा कुल कर्जाको १३.९ प्रतिशत कर्जा लगानी गरेको देखिएको हो ।
यो अवधिमा वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा ६ खर्ब ४७ अर्ब ८५ करोड रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरुले ९ प्रतिशत अर्थात ४ खर्ब १८ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छन् । त्यस्तै वाणिज्य बैंकहरुले लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा १०.५ प्रतिशत अर्थात ५ खर्ब ३ अर्ब ३९ करोड रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।
विकास बैंकहरूले यो अवधिसम्ममा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २६.४ प्रतिशत अर्थात १ खर्ब ३२ अर्ब ८८ करोड रुपैंयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा फाईनान्स कम्पनीहरूबाट भने १८.८ प्रतिशत अर्थात १९ अर्ब ६ करोड रुपैंयाँ कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूबाट प्रवाह भएको कुल कर्जा मध्ये २०८१ चैत मसान्तमा औसत ५.६ प्रतिशत अर्थात २ खर्ब ६२ अर्ब २२ करोड रुपैंयाँ कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । यसैगरी, विकास बैंकहरूबाट ७.१ प्रतिशत अर्थात ३६ अर्ब १७ करोड र फाईनान्स कम्पनीहरूबाट ५.५ प्रतिशत ५ अर्ब ६० करोड रुपैंयाँ कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । नेपाल सरकारबाट ब्याज अनुदान प्रदान हुने सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०८२ जेठ मसान्तमा ९८ हजार ५२८ ऋणीलाई प्रवाह भएको कर्जामध्ये ८५ अर्ब १० करोड कर्जा बक्यौता रहेको रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि