
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको सेयर बजार आज ३ दशमलव ३५ अंकले बढेर २७०३ दशमलव ३९ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३० अंकले बढेर ४५० दशमलव ०८ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये ९ उपसूचकको सेयर मूल्य घटेको छ भने ४ वटा उपसूचकको मात्रै सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको बजारमा आज ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार ४८७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सेयर बजारमार ३२४ कम्पनीका १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर ६९ हजार ८९ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
ग्रीन भेन्चर्सको सेयर मूल्यमा सकारात्मक सर्किट
बिहीबार सेयर बजार सामान्य अंकले बढेर कारोबार हुँदा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज यो कम्पनीको सेयर मूल्य ४५ रुपैयाँ ८८ पैसाले बढेर ५०५ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनभन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष ५ कम्पनीमा सुपर मादी हाइड्रोपावर, राधी विद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स र नेपाल एसबीआई बैंक ऋणपत्र २०८९ रहेका छन् ।
आज सुपर मादी हाइड्रोको सेयर मूल्य ६.९५ प्रतिशत अर्थात् ६२ रुपैयाँ ५८ प्रतिशतले बढेर ९६३ रुपैयाँ ४९ पैसा पुगेको छ । बिहीबारको कारोबार बन्द हुँदा राधी विद्युत् कम्पनीको सेयर मूल्य पनि २० रुपैयाँ ६० पैसाले बढेर ४४० रुपैयाँ ६१ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.९० प्रतिशतले धेरै हो ।
आज एनएलजी इन्स्योरेन्सको सेयर मूल्य पनि ४.६३ प्रतिशत अर्थात् ३९ रुपैयाँ ८८ पैसाले बढेर ९०१ रुपैयाँ ९६ पैसा पुगेको छ । आज एसबीआई बैंक ऋण पत्रको सेयर मूल्य २८ रुपैयाँ ९० पैसाले बढेर १ हजार ७९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.७५ प्रतिशतले धेरै हो ।
धेरै मूल्य घट्ने ५ कम्पनीमा दुई लघुवित्त र एक लघुबीमा
बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भयो । सेयर बजार सामान्य बढेको दिन १५१ कम्पनीको सेयर मूल्य घटेर कारोबार बन्द भएको छ । आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा दुई लघुवित्त र एक लघुबीमा कम्पनी रहेका छन् । आज धेरै मूल्य घट्ने ५ कम्पनीमा उपकार लघुवित्त र विन नेपाल लघुवित्त तथा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स छन् । त्यस्तै धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा बोटलर्स नेपाल (बालाजु) र कुमारी सबल योजना छन् ।
उपकार लघुवित्तको सेयर मूल्य आज २८१ रुपैयाँ १९ पैसाले घटेर ३ हजार ३०१ रुपैयाँ ०६ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.८५ प्रतिशतले कम हो । त्यस्तै आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १५८ रुपैयाँ ११ पैसाले घटेर २ हजार ४२४ रुपैयाँ १५ पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ६.१२ प्रतिशतले कम हो ।
बिहीबार विन नेपाल लघुवित्तको सेयर मूल्य पनि १८२ रुपैयाँ १२ पैसाले घटेर २ हजार ७८८ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.१३ प्रतिशतले कम हो ।
आज बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य १ हजार ३१ रुपैयाँ ८० पैसाले घटेर १६ हजार ५४८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनभन्दा ५.८७ प्रतिशतले कम हो । आज कुमारी सबल योजनाको सेयर मूल्य ०.५४ रुपैयाँले घटेर ८ रुपैयाँ ९२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.७१ प्रतिशतले कम हो ।













समाचार
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?