
काठमाडौं ।उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्तभालले आज अपराह्न यहाँ आयोजना गरेको स्वागत समारोहमा सहभागी भए।
त्यसअवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै रादजूत कोर्तभालले फ्रान्स–नेपालबीचको ७६ वर्षदेखिको पारस्पिरिक सम्बन्ध वर्तमानमा अझ सुदृढ बन्दै गएको चर्चा गर्दै हालै सम्पन्न द्विपक्षीय परामर्शमा जलवायु परिवर्तनका क्षेत्रमा साझेदारी बढाउने बारेमा गहन छलफल भएको बताए।
अन्नपूर्ण आरोहणको ७५औँ वार्षिकोत्सव यस वर्ष परेकाले वर्षभरी पर्वतीय विषयमा केन्द्रित रहेर दुई देशले विविध कार्यक्रम आयोजना गरिरहेको बताउँदै फ्रान्सेली राजदूतले नेपालको विकास प्रयासमा आफ्नो देशबाट सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
त्यसअवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका फ्रान्सेली नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो।













समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
नेपालमा निसानको नयाँ एसयूभी टेकटन लन्च, मूल्य ५१ लाख २९ हजार रुपैयाँ
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ?
चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने
क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा
नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य
गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु