
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न सक्ने वातावरण सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् । मगलबार काठमाडौंमा आयोजित इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै देउवाले लगानीको प्रक्रिया सरल, सहज र पारदर्शी बनाउनुपर्नेमा जोड दिए।
‘लगानीका लागि जो आए पनि उसलाई सहज तरिकाले लगानी गर्न मिल्ने वातावरण बनाइनुपर्छ,’ उनले भने, ‘लगानीकर्तालाई दुःख दिने भन्ने कुरा हुनुहुँदैन।’ उत्पादित विद्युतको खपत र व्यापार सरकारको दायित्व भएको उल्लेख गर्दै उनले सो प्रक्रियामा निजी क्षेत्रको सहभागिता पनि अपरिहार्य रहेको बताए।
‘अहिले उत्पादन भएको विद्युत खपत गर्ने र व्यापार गर्ने जिम्मेवारी सरकारको हो, तर यसमा निजी क्षेत्रको सहकार्य आवश्यक छ,’देउवाले भने। उनले हाल सेयर निष्कासन रोकिएकोबारे पनि टिप्पणी गर्दै भने, ‘सेयर निष्कासन रोकिएको कुरा सुनेँ। धितोपत्र बोर्डले चाँडै प्रक्रिया अगाडि बढाउनेछ भन्ने अपेक्षा छ। यस्तो प्रक्रिया रोक्नु हुँदैन।’ ऊर्जा क्षेत्र नेपालको लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले देशको प्राकृतिक स्रोतको सही उपयोग गर्न ऊर्जा विकासमा प्राथमिकता दिनुपर्ने धारणा राखे। ‘यदि हामीले हरित ऊर्जामा ध्यान दिन सक्यौं भने नेपालका लागि त्यो लाभदायक हुनेछ,’ उनले भने। देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा हासिल उपलब्धिहरू पछिल्लो समय अगाडि बढाइएको उदारवाद र निजीकरणको नीतिको परिणाम रहेको पनि स्मरण गरे।












समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला