
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा नाफा घटेको हो ।
बैंकले चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्म १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोहि अवधिको तुलनामा २४ प्रतिशतले कम हो । बैंकले गत आवको पुस मसान्तसम्म १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा नाफा घटेपनि बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । गत आवको दोस्रो त्रैमाससम्म ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको दोस्रो त्रैमाससम्म ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न बैंक सफल भएको छ ।
यता बैंकको कुल सञ्चालन आम्दानीमा पनि वृद्धि भएको देखिएको छ भने त्यसको बाबजूद बैंकको सञ्चालन नाफा भने घट्न पुगको वित्तीय विवरणले देखाएको छ। बैंकले गत आवको पुस मसान्तसम्म ६ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्म त्यस्तो आम्दानी बढेर ६ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । तथापि बैंकको सञ्चालन नाफा भने २ अर्ब ५२ करोड २८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९६ करोड ८३ लाख रुपैयाँमा झरको छ ।
नाफामा गिरावट आएसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट देखिएको छ। गत आवको पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ११.३५ रुपैयाँ रहेकोमा चालू आवको पुस मसान्तसम्म घटेर ८.६२ रुपैयाँमा झरेको छ । यसै अवधिमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहको छ ।
प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्म यस बैंकको रिजर्भ कोषमा १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । पुस मसान्तसम्म आइपुग्दा यस बैंकले ग्राहकहरूलाई २ खर्ब २७ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवा गरी ३ खर्ब ४० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो