
दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका– १ सिलाडीमा ३५ दिने शिशु चोरी गर्ने एक १६ वर्षीया किशोरीलाई दैलेख जिल्ला अदालतले ३ वर्ष ४ महिना कैद सजाय सुनाएको छ । उनलाई ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना पनि तोकिएको छ ।
जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले सोमबार उक्त फैसला सुनाएको हो । अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायका अनुसार किशोरीमाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा आपराधिक उपद्रव अभियोगमा २ वर्ष कैद र २० हजार जरिवाना माग गरिएको थियो ।
दुवै अभियोग एकैपटक सुन्दै अदालतले ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरे पनि बाल न्याय प्रणालीअनुसार दोषीको उमेर हेरी एक तिहाइ सजाय छुट दिइएको हो । त्यसअनुसार सजाय घटाएर ३ वर्ष ४ महिना कैद र ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना कायम गरिएको अदालतले जनाएको छ । गत चैत २८ गते बमबहादुर बुढाकी ३५ दिने छोरी श्रीया बुढालाई ती किशोरीले आगलागीको नाटक गर्दै सुताइएको ठाउँबाट चोरी गरेकी थिइन् । हराएको शिशु चैत २९ गते बिहान चामुण्डामा सुरक्षित अवस्थामा फेला परेको थियो ।












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात