
दमास्कस । इजरायलले बुधबार सिरियाको राजधानी दमास्कसमा ठुलो हवाई आक्रमण गरेको छ । यसको दृश्य लाइभ टेलिभिजन प्रसारणको क्रममा प्रत्यक्ष रूपमा क्यामेरामा कैद भएको छ। सिरियाली स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। इजरायली सेनाले सिरियाको रक्षा मन्त्रालयको भवनलाई लक्षित गर्दै आक्रमण गरेको पुष्टि गरेको छ ।
एक सिरियाली टेलिभिजन च्यानलको फुटेजमा एक महिला समाचारवाचक (एंकर) प्रत्यक्ष प्रसारणमा समाचार पढिरहेको देखिन्छ, त्यही बेला उनको पछाडि रहेको रक्षा मन्त्रालयको भवनमा हवाई हमला भएको थियो । भवन विस्फोटसँगै भत्किएको देखिएपछि एंकर डरले स्टुडियोबाट भागेकी थिइन्, र त्यो दृश्य पनि अन–एयर प्रसारणमा समावेश भयो । यस्तै, अर्को भिडियोमा रिपोर्टर रिपोर्टिङ गर्दै गर्दा ठ्याक्कै त्यही समयमा आक्रमण भएको देखिन्छ। यस्ता लाइभ फुटेजहरू अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेका छन् ।












समाचार
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश