
काठमाडौं । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो ।
शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपैयाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख रुपैयाँ बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार रुपैयाँ बराबरको नौ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, युनाइटेड अजोडमा ६८ लाख रुपैयाँ बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख रुपैयाँ बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख रुपैयाँ बराबरको सात वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बीमा दाबी परेको छ । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजना लगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम