
सुर्खेत । सुर्खेतमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको हो ।
शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेको अवस्थामा उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मेसिनको तार सर्ट भएर करेन्ट लाग्दा दुवै जना गम्भीर घाइते भएका थिए । घाइते दम्पतीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।
उपचारकै क्रममा अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला