
न्यूयोर्क । आज म्यानह्याटनको मिडटाउन क्षेत्रमा रहेको एक गगनचुम्बी भवनमा भएको भीषण गोलीकाण्डमा कम्तीमा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा न्यूयोर्क प्रहरी विभाग (एनवाईपीडी) का एक अधिकृत पनि परेका छन्।
घटनाबारे सिएनएनलाई प्रहरीले दिएको जानकारी अनुसार गोली चलाउने व्यक्तिको पहिचान सम्भावित रूपमा २७ वर्षे लास भेगास निवासीको रूपमा गरिएको छ। उनलाई घटनास्थलमा एउटा लामो बन्दुक बोकेर भवनभित्र प्रवेश गरिरहेको फोटो सार्वजनिक गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार ती व्यक्तिले आत्महत्या गरेका छन्।
गोलीकाण्ड न्यूयोर्कको ३४५ पार्क एभिन्युमा रहेको ६३४ फिट अग्लो एक गगनचुम्बी भवनमा भएको हो। सो भवनमा नेशनल फुटबल लिग (एनएफएल) र ब्ल्याकस्टोन कम्पनीका कार्यालयहरू रहेका छन्। यो गोलीकाण्ड यस वर्ष अमेरिका भित्र भएको २५४औँ सामूहिक गोलीकाण्ड भएको छ। यो तथ्याङ्क गन भायोलेन्स अर्काइभ (जीभीए) नामक संस्थाले सार्वजनिक गरेको हो।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना