
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक ४ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । साताको सेयर कारोबार हुने तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेर ३ हजार बिन्दुमाथि पुगेको हो ।
आज परिसूचक ३० दशमलव ७६ अंकले बढेर ३००२ दशमलव ०७ विन्दुमा पुगेको हो । यस अघि सेयर बजार २०७८ भदौ १३ गते ३०४४.८७ विन्दुमा पुगेको थियो । आज सेयर बजार अघिल्लो दिनको भन्दा १.०३ प्रतिशतले बढेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३.६६ अंकले बढेर ५१८ दशमलव ५९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ भने ३ वटाको घटेको छ ।
परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन १९ अर्ब माथिको कारोबार भएको बजारमा आज १८ अर्ब ५२ करोड ९३ लाख २२ शजार ८८५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर १ लाख ५७ हजार ५२५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’