
काठमाडौं । तिब्बती बौद्ध परम्परामा दोस्रो बुद्धको रुपमा चिनिने गुरु पद्मसम्भव (गुरु रिन्पोछे)को जन्म दिवस ‘छेच्यु’ तथा बौद्ध धर्मका धर्मपाल मानिने महाकालको जात्रा यस वर्ष पहिलो पटक विविध धार्मिक र सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिले शुक्रबार आयोजित पत्रकार सम्मेलन गर्दै गुरु रिन्पोछेको जन्म दिवसको अवसरमा साउन १९ गते बिहान ९ बजेबाट बौद्ध महाचैत्य आसपासका विभिन्न स्थलहरू महाकाल, तीनचुली र घ्योइलिसाङ पोखरी (गुरु पार्क)मा विशेष पूजाअर्चना गरिने जनाएको छ ।

सोहीदिन दिउँसो ३ बजे तीनचुलीबाट गुरु रिन्पोछेको प्रतिमासहित निकालिने, शोभायात्राले बौद्ध महाचैत्यको परिक्रमा गरेपछि गुरु रिन्पोछेको आठ लीला झल्काउने ‘गुरु छेड्गे छ्याम’ धार्मिक नृत्य प्रस्तुत गरिनेछ । यसैबीच, महाकाल जात्राको परम्परागत थालनी गर्दै साउन २७ गते दुइहाते महाकालको जात्रा पनि गरिने समितिले जनाएको छ ।

महाकालको पूजा लामा, बज्राचार्य र ब्राह्मण गुरुहरुद्वारा गरिनेछ । महाकालको प्रतिमालाई खटमा राखी रामहिटी, तीनचुली, बौद्ध, टुसाल, चुच्चेपाटी हुँदै पुनः महाकाल स्थानमा फर्काइनेछ । ११ बजेदेखि सुरु हुने जात्रामा शार्दूल जंग गुल्म (गुरुजु पल्टन)ले हर्ष बढाइ कार्यक्रम प्रस्तुत गर्नेछ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह