
काठमाडौं । भारतविरुद्ध पाँचौ तथा अन्तिम टेस्टमा इंग्ल्याण्ड जितको नजिक पुगेको छ । ओभलमा जारी टेस्टमा चौथो दिनमै नतिजा आउने अवस्था थियो । तर, खराब मौसमका कारण चौथो दिनको खेल समाप्त भयो । नतिजाका लागि पाँचौं तथा अन्तिम दिन कुर्नु पर्ने भएको छ ।
३७४ रनको लक्ष्य पछ्याइरहेको घरेलु टोलीले ६ विकेट गुमाएर ३३९ रन बनाएको छ । घरेलु टोलीलाई पाँचौ दिन जितका लागि ३५ रन जोडे पुग्छ । टोलीको ४ विकेट बाँकी छ । भारतले जित निकाल्न ४ विकेट लिनु पर्ने हुन्छ । दोस्रो इनिङमा घरेलु टोलीका लागि जो रुट र ह्यारी ब्रुकले शतकीय पारी खेले ।
ब्रुकले १११ रन बनाए भने रुटले १०५ रन जोडे । ओपनर बेन डकेट ५४, कप्तान ओली पोप २७ र ज्याक क्रली १४ रनमा आउट भए । भारतका लागि प्रसिद्ध कृष्णाले ३, मोहम्मद सिराजले २ तथा आकाश दिपले १ विकेट लिए । पाँचौ दिनमा घरेलु टोलीले लक्ष्य पूरा गरे उसको टेस्ट इतिहासको दोस्रो ठूलो लक्ष्य पछ्याउँदै जित निकाल्ने छ । त्यो अवस्थामा इङ्ग्ल्याण्डले ३–१ ले टेस्ट सिरिज जित्नेछ । इङ्ग्ल्याण्डले भारतविरुद्ध नै सन् २०२२ मा ३७८ रनको लक्ष्य पूरा गरेको थियो ।
पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३९६ रन जोडेर ३७३ रनको अग्रता लिएको थियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा २२४ रन बनाएको थियो । घरेलु टोलीले पहिलो इनिङमा २४७ रन जोडेको थियो । ५ टेस्टको सिरिजमा इङ्ग्ल्याण्ड २–१ ले अघि छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम