सेयर बजार परिसूचक आज पनि घट्यो, कारोबार रकम ७ अर्बमा खुम्चियो

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेर कारोबार बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले घटेको बजार आज भने १.९४ अंकले बढेर २८३२.०६ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ अंकले घटेर ४८७.५५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ । त्यस्तै एउटा परिसूचक स्थिर रहेको छ ।

परिसूचक सामान्य अंकले घटेको दिन कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ९ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ७ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२० कम्पनीका २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर ९३ हजार १८५ पटक खरिद बिक्री हुँदा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार