
काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले साउदी अरेबिया विरूद्ध साँघुरो जित निकालेको छ । नेपालले साउदीलाई १–० को जित निकालेको हो ।
भुटानको थिम्पुमा भएको खेलमा पहिलो हाफमा दुवै टिमले गोल रहित बराबरी खेले । तुलनात्मक रुपमा कमजोर मानिएको साउदी विरूद्ध नेपालले खेलको अन्तिम समयमा गोल गर्दै जित निकाल्यो । नेपालले गोल गर्ने सुनौलो अवसर गुमायो । खेलको ३७ औं मिनेटमा प्राप्त पेनाल्टीमा मिना देउवा गोल गर्नबाट चुकिन् ।
दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीतर्फ उन्मुख हुँदा ९० औं मिनेटमा नेपालले गोल गर्यो । नेपालका लागि शुक्रिया मियाको गोल गरिन् । यसअघि नेपाल आयोजक भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । साउदी अरेबिया आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० को फराकिलो नतिजामा पराजित भएको थियो ।
अब नेपालले बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग आइतवार खेल्नेछ । यस प्रतियोगिताबाट प्रत्येक समूहको विजेता एएफसी यू–२० महिला एसियन कपमा छनोट हुनेछन् । साथै ३ उत्कृष्ट उपविजेता टोली पनि छनोट हुनेछन् ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह