
काठमाडौं । पहिलो टी २० आई क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १७ रनले हराएको छ । डार्विन मरेरा ओभलमा हिजो भएको खेलमा अस्ट्रेलियाले शृङ्खलामा १–० को अग्रता बनाएको छ । १ सय ७९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकी ओपनर रायन रिकल्टनले ५५ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७१ रन जोडे । ट्रिस्टन स्टब्स २७ बलमा ३७ रन तथा लुअन टर प्रिट्रोरियस १४ रन बनाए । अस्ट्रेलियाका बेन ड्वारशुस र जोस हेजलवुडले समान ३, एडम जाम्पाले २ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए । पहिले ब्याटिङ गरेको अस्ट्रेलिया निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १ सय ७८ रन बनायो ।
अस्ट्रेलियाका टिम डेविडले ५२ बलमा ४ चौका र ८ छक्कासहित मा सर्वाधिक ८३ रन जोडे । प्रतियोगीता अन्तर्गत दोस्रो खेल भोलि हुनेछ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह