
चितवन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् । कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रका अनुसार अहिलेसम्म जिल्लाका ७ सय ९३ वटा गाईगोरु, भैंसीमा यो रोगको सङ्क्रमण देखिएको छ । जसमध्ये भैंसी–राँगा चार र गाईगोरु ७९३ वटा छन् । लम्पी स्किनबाट हालसम्म खैरहनी नगरपालिका बढी प्रभावित भएको उनले जानकारी दिए ।
उनका अनुसार सो पालिकामा हालसम्म ४ सय २५ वटा पशु चौपाया प्रभावित भएका छन्भने २२ वटा मरेका छन् । रत्ननगरमा १ सय ९१ वटा पशु चौपाया प्रभावित भएका छन् । जहाँ ४ वटा गाई गोरु मरेका छन् । यस्तै राप्ती नगरपालिकामा ७५, भरतपुर महानगरपालिकामा ६२, माडी नगरपालिकामा २७ र कालिका नगरपालिकामा १३ वटा पशु चौपाया सङ्क्रमित भएका छन् । भरतपुर महानगरपालिकामा चारवटा पशु चौपाया मरेको उनले जानकारी दिए । उनका अनुसार रत्ननगरमा तीन र राप्तीमा एउटा भैंसी–राँगा प्रभावित भएका छन् ।
जिल्लामा लम्पी स्किन देखिन थालेपछि खोप लगाउने किसानको सङ्ख्या बढेको छ । हालसम्म ५९ हजार ९७४ वटा पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप दिई सकिएको उनले जानकारी दिए। गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको मिश्रले बताए । गाई–भैंसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छन् ।
सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने मिश्रले बताए ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय