
चितवन । पर्यावरण संरक्षणमा हात्तीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तिनको संरक्षणमा लाग्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
चौधौँ अन्तरराष्ट्रिय हात्ती दिवसका अवसरमा सौराहामा आयोजित भएको हात्ती वनभोज कार्यक्रमका उनीहरूले हात्ती संरक्षण नगरी पर्यावरण संरक्षण नहुने बताएका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले हात्तीबिना संरक्षणको कल्पना गर्न नसकिने बताए। उनले भने, “हात्तीलाई संरक्षण गरेर मात्र वन र वन्यजन्तुको संरक्षण गर्न सकिन्छ । हात्ती बुद्धिमान् जनावार भएकाले यसको संरक्षण जरुरी छ ।”
वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले हात्ती संरक्षणका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । वन क्षेत्र र वन्यजन्तु संरक्षणमा हात्तीले खेल्ने भूमिका कसैले पनि भुल्न नहुने उनले बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
सोलुखुम्बुका शेर्पालाई कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी
कुगेलेइनले एनपिएल तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासकाे मत
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण