
बागलुङ। जिल्लामा १ लाख ९३ हजार ७२२ पशुचौपायालाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले जिल्लाका १० वटै वडाका ८५ वडामा प्राविधिक खटाएर विभिन्न रोगविरुद्धको खोप लगाएको हो ।
कुकुर, गाईभैँसी, राँगा, गोरु, बाख्रा, बङ्गुरलगायत पशुलाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिउ। उन्का अनुसार २५ हजार ५३१ गाईगोरुलाई खोरेत र लम्पी स्किन, ४२ हजार ७२८ भैँसीलाई खोरेत, एक लाख २५५ बाख्रा र ११ हजार ५३८ भेँडालाई पिपिआर खोप दिइएको हो ।
४ हजार ७२८ बङ्गुरलाई हैजाविरुद्धको र ८ हजार ९४२ कुकुरलाई रेबिजको खोप दिइएको सापकोटाको भनाइ छ । गत पुसदेखि जेठसम्म चार चरणअन्तर्गत किसानको गोठमा प्राविधिक पुगेर खोप लगाएका उन्ले बताउ। किसान हिउँद र बर्खा घुम्ती बसाइँ गर्ने हुँदा चार चरणमा खोप अभियान सञ्चालन गरिएको उन्ले उल्लेख गरे ।
प्रमुख सापकोटले भने, “जिल्लाका अधिकांश किसान घुम्ती बसाइँ गर्नुहुन्छ, हिउँदको समयमा बेँसीका बारीमा पशुचौपाया बाँध्नु हुन्छ, बर्खा लागेपछि बुकी उक्लिने चलन छ, बुकीमा पुगेर खोप लगाउन सम्भव नहुने भएकाले हामीले जेठ अन्तिम सातासम्म खोप अभियान सञ्चालन गरेका हौँ । पहिले खोप लगाउन नमान्नेहरूमा अचेल पशु सुरक्षाका लागि खोप लाउनुपर्छ भन्ने मानसिकता विकास भएको छ ।” उन्का अनुसार पशुसेवा विज्ञ केन्द्रले करिब १ करोड रुपैयाँ लगानीमा खोप अभियान सञ्चालन गरेका हो ।
पहिले खोप लगाउनका लागि किसानको गोठमा पुग्दा दूध घटाउँछ, बिरामी पर्छन् भनेर नमान्ने गरेकामा अहिले फोन गरेरै खोप लगाइदिन आग्रह गर्ने प्रमुख सापकोटाले बताए। तीन वर्ष अगाडि लम्पी स्किन रोगले वस्तुभाउ मरेपछि किसानलाई खोप लगाउनुपर्छ भन्ने चेतनाको विकास भएको उनको भनाइ छ । जिल्लामा अघिल्लो वर्ष दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको थियो ।
ढोरपाटन नगरपालिका–९ का किसान थमबहादुर घर्तीले दुई वर्ष अगाडि पालिकाले बुकीमा आएर भैँसी र गाईलाई खोप लगाइदिएको भन्दै त्यसपछि कुनै पनि संस्थाले खोप नदिएको बताए। आफूले १४ वटा भैँसी, नौ वटा गाई र ५० को हाराहारीमा भेँडा पालन गर्दै आएको उनले जानकारी दिए। गत वर्ष सात वटा भेँडा मर्दा करिब १ लाख रुपैयाँ नोक्सानी भएको उनको भनाइ छ ।
“पहिलापहिला पशुलाई खोप लगाइँदैनथ्यो, तीन–चार वर्ष अगाडि पशु चिकित्सकले गोठमा आएर खोप लगाइदिनुभएको थियो, त्यसपछि कोही पनि आउनुभएको छैन”, घर्तीले भने, “नियमित खोप लगाउन नपर्ने भएर हो कि त्यसपछि कोही पनि आउनुभएको छैन । हामी गोठाला बजारमा जान भ्याउँदैनौँ ।”













समाचार
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना