
काठमाडौं । खेलको अन्तिम समयमा पुनरागमन गरेको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले टोटनहमलाई टाइब्रेकर ४–३ ले हराउँदै युइएफए सुपर कप जितेको छ । स्पर्स खेलको ८४औँ मिनेटसम्म २–० ले अगाडि थियो । खेल सकिन केही सेकेन्ड मात्र बाँकी हुँदा जित नजिक पुगेको थियो ।
तर पिएसजीका वैकल्पिक खेलाडी गोंकालो रामोसले इन्ज्युरी समयको चौथो मिनेटमा हेडमार्फत बराबरी गोल गर्दै खेललाई पेनाल्टीमा पु¥याए । पेनाल्टीमा पिएसजीका भिटिन्हाले पहिलो प्रहार बाहिर हाने । तर टोटनहमका लागि पहिलो गोल गरेका मिकी भ्यान डे भेनको पेनाल्टी प्रयास पिएसजी गोलरक्षक लुकास शेभालिएरले रोकिदिए ।
टोटनहमा माथिस टेलले पनि सट बाहिर हाने । त्यसपछि नुनो मेन्डेसले दबाबको क्षणमा पेनाल्टीमा गोल गर्दै युरोपियन च्याम्पियन पिएसजीलाई जित दिलाए। टोटनह्यामले तीन महिनाभित्र दोस्रो युरोपियन उपाधि जित्ने मौका गुमायो । मे महिनामा युरोपा लिग फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएर उपाधि जिताएपछि तत्कालीन प्रशिक्षक एन्ज पोस्टेकोग्लु १६ दिनमै बर्खास्त भएका थिए । त्यसपछि टोटनहम सम्हालेका थोमस फ्राङ्कको पहिलो प्रतिस्पर्धात्मक खेल हो ।
इटालीको उदिनमा भएको खेलको ३९ औं मिनेटमा भ्यान डे भेनको गोलमा टोटनहमले अग्रता लिएको थियो। उनले रोबाउन्डमा गोल गरेका थिए । गियानलुइजी डोनारुम्मालाई बाहिर राख्दै पहिलो रोजाइमा गोल पोस्ट सम्हालेका शेभालिएरले दोस्रो हाफको सुरुवात मै अर्को गोलको सामना गर्नुपरेको थियो। ४८ औं पेड्रो पोरोको फ्रि–किकपछि क्रिस्टियन रोमेरोको हेड मार्फत गोल गर्दै टोटनहमको अग्रता २–० बनाएका थिए ।
जुलाईमा अमेरिकामा भएको क्लब विश्वकपको फाइनलमा चेल्सीसँग पराजित भएको पिएसजी एक साता अघि मात्र प्रशिक्षणमा फर्केको थियो। त्यसका बाबजुद पनि पिएसजीले शानदार पुनरागमन गर्न सफल रहेको थियो। ८५ औं मिनेटमा पिएसजीका ली काङ–इनले २० यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै खेललाई रोमान्चक मोडमा पुर्याएका थिए। त्यसपछि रामोसले इन्ज्युरी समयमा नाटकीय गोल गर्दै खेललाई पेनाल्टीमा पु¥याएका थिए र टोली च्याम्पियन बनेको थियो।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू