
काठमाडौं । क्लब विश्वकपको उपाधि जितेको प्रिमियर लिग क्लब चेल्सीले घरेलु लिगको पहिलो खेलमा बराबरी खेलेको छ । विश्व विजेता बनेको एक महिनापछि चेल्सी प्रिमियर लिगको पहिलो खेलमै अंक गुमाउन बाध्य भएको हो ।
आइतबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा उसले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो । गत महिना अमेरिकामा भएको फाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)लाई हराउँदै चेल्सीले क्लब विश्वकप जितेको थियो । छोटो प्रि–सिजनका कारण घरेलु लिगको पहिलो खेलमा चेल्सी लयमा देखिएन । प्यालेसले भने लामो तयारीका साथै गत साताको कम्युनिटी सिल्ड जितेको आत्मविश्वासका साथ खेलेको थियो ।
त्यस्तै अर्को खेलमा नटिंघम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्दै सानदार सुरुआत गरेको छ । गत सिजन २० गोल गरेका टोलीका मुख्य स्ट्राइकर क्रिस ऊडले पहिलो हाफमै दुई गोल गरे भने डान न्डोयेले डेब्युमै गोल गर्न सफल भए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम