
काठमाडौं । मेरो भ्वाइस युनिभर्स सिजन– २ को विजेता प्रथम गुरुङ बनेका छन् । यस्तै मेरो डान्स युनिभर्स सिजन– २ को विजेता रिस्ता गुरुङ भएकी छन् ।
इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन– २ को ग्राण्ड फिनालेमा दुवै जनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही एक करोड रुपैयाँ नगद पुरस्कारसहित २५ लाख रुपैयाँ बराबरको जीवन बीमा, हवाई टिकटका साथमा विभिन्न पुस्कार प्राप्त गरेका छन् ।
मेरो डान्स युनिभर्सको फस्ट रनरअप भई अमृता राईले २५ लाख रुपैयाँ नगदसहित सिटिजन्स लाइफबाट २० लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गरेकी छन् । सेकेन्ड रनरअप भई सीतु महर्जनले १० लाख रुपैयाँसहित सिटिजन्स लाइफबाट १५ लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गरेकी छन । थर्ड रनरअप सुरज सिंजाली मगरले ६ लाख नगदसहित सिटिजन्स लाइफबाट १० लाखबराबरको जीवन बीमा तथा फोर्थ रनरअप सुशना कोइरालाले पाँच लाख नगद, सिटिजन्स लाइफबाट १० लाखबराबरको जीवन बीमा प्राप्त गरेका छन् । फिप्थ रनरअफ साजन पाख्रिन तामाङले नगद चार लाख र सिटिजन्स लाइफबाट १० लाखबराबरको जीवन बीमा प्राप्त गरे ।
यसैगरी मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप भई टोपराज तामाङले २५ लाख नगदसहित २० लाखबराबरको जीवन बीमा तथा सेकेन्ड रनरअप जुनु प्रसाईंले १० लाख र १५ लाखबराबरको जीवन बीमा प्राप्त गरिन् । थर्ड रनरअप वाङ्गे गुरुङले ६ लाख र सिटिजन्स लाइफबाट १० लाखबराबरको जीवन बीमा, फोर्थ रनरअप प्रशान्त पोखरेलले पाँच लाख नगद, १० लाखबराबरको बीमा तथा फिप्थ रनरअप दीपराज राईले नगद ४ लाख तथा सिटिजन्स लाइफबाट १० लाखबराबरको बीमा प्राप्त गरेका छन् ।
कल्चरल ग्रुप डान्स प्रतिस्पर्धामा भुटनिज रेफुजी डान्स ग्रुपले विजेता भई २५ लाख र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ भने फस्ट रनरअप कल्चरल ग्रुप डान्समा मनास्लु वर्ड कलेजले १५ लाख प्राप्त गरेको छ । त्यसैगरी, युमा महारानी नृत्य समूह सेकेन्ड रनरअप हुन सफल भई १० लाख प्राप्त गरेको छ । थर्ड रनरअप भएर नेपाल प्रहरीले पाँच लाख प्राप्त गरेको छ भने सामूहिक नृत्यतर्फ तरेली सांस्कृतिक ग्रुपले फोर्थ अनरअप भई तीन लाख पुरस्कार प्राप्त गरेको छ ।













समाचार
युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण, ३७ जनाको मृत्यु
दरमखोला हाइड्रो इनर्जीको साधारणसभा स्थगित
कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
काभ्रेपलान्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता
भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
भोटेकोशीमा ठुलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एभीएमका प्रजित र वियंका च्याम्पियन
१५ देशका १८७ पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन