
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।













समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प