
जापान । जापानमा बसोबास गर्ने नेपालीहरूबीच आपसी एकता, समर्पण र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यले पहिलो नेपाल फेस्टिवल गुन्मा २०२५ संयुक्त रूपमा आयोजना गरिने भएको छ । नेपाल र नेपालीको समृद्ध भाषा, परम्परा, पहिरन, कला र लोकसंस्कृतिलाई जापानी भूमिमा उजागर गर्ने यो कार्यक्रम दुई दिनसम्म विविध गतिविधिसहित भव्य रूपमा सम्पन्न गरिनेछ ।

जापानभरि रहेका नेपाली कलाकारहरूद्वारा सांस्कृतिक नाचगान, जातीय झाँकी, साकेला,परम्परागत पोशाक प्रदर्शन, नेपाली परिकारहरू, हस्तकला प्रदर्शनी तथा नेपालको पर्यटन प्रवद्र्धनका सामग्रीहरू प्रस्तुत गरिनेछन् । यो फेस्टिवल केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालीको आत्मगौरव, राष्ट्रिय पहिचान र सहकार्यको प्रतीक बन्ने विश्वास गरिएको छ। विशेषगरी यो कार्यक्रम गुन्मा क्षेत्रका १० वटा सक्रिय नेपाली संघ–संस्थाहरूको ऐक्यबद्धता, पारदर्शिता, र समर्पणमा आधारित छ, जसले आपसी सम्मान र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कार्यक्रमलाई भव्य बनाउने अठोट गरेको चर्चित गायक दावा के शेर्पाले जानकारी दिए।
मुख्य आयोजक संस्थाहरू
–गैर आवासीय नेपाली संघ (NRNA) जापान गुन्मा
–तमूधी किता कान्तो
–नेपाल मगर संघ जापान क्षेत्रीय समिति गुन्मा
–स्याङ्जा समाज किताकान्तो
–तामाङ समाज किता कान्तो
–किरात राई यायोक्खा कान्तो
–सिन्धुली समाज जापान
– शेर्पा संघ किता कान्तो
–रामेछाप समाज किता कान्तो जापान
– शेर्पा संघ जापान
यी सबै संघ–संस्थाहरूले आ–आफ्नो क्षेत्र भाषा, संस्कृति र समुदायलाई प्रतिनिधित्व गर्दै आपसी समन्वय, समझदारी र साझा स्वामित्वको भावना प्रदर्शन गरेका छन्। कार्यक्रममार्फत नेपालप्रति माया, सम्मान र गौरव प्रकट गर्नुका साथै जापानमा बसोबास गर्ने नेपाली समुदायबीचको आत्मीयता, सहकार्य र पहिचानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको आयोजकले बताएका छन ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद