
काठमाडौं । शेर्वा ‘द लाइफ अफ हिमालय’ चलचित्र निर्माणको घोषणा गरिएको छ । हिमालको काखमा बसोबास गर्ने शेर्पा समुदायको जीवन, संघर्ष र गौरवपूर्ण कथा बोकेको नेपाली कथानक चलचित्र निर्माणको घोषणा गरिएको हो ।
उक्त चलचित्र सन् २०२६ मा विश्वव्यापी रुपमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । सोमवार काठमाडौंको बौंद्व स्थित होटल टिवेतमा सम्पन्न ‘शेर्वा’ चलचित्र निर्माण घोषणा कार्यक्रममा नेपाल माउन्टेनेयरिङ एसोसियसनका नव निर्वाचित अध्यक्ष फुर गेल्जे शेर्पालाइ शेर्वा चलचित्रका लेखक, कलाकार तथा निर्देशक कर्मा शेर्पाले बधाई दिदै शेर्वा चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
उक्त घोषणा कार्यक्रममा माननिय संविधान सभा सदस्य जीप छिरिङ लामा शेर्पा, पुर्व माननिय मन्त्री आङ छिरिङ शेर्पा, नि वर्तमान विस्व शेर्पा संघ तथा नेपाल निर्माण व्यवसाय संघका वरिष्ठ उपाध्यक्ष आङ डेण्डि लामा शेर्पा नेपाल आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पा, नेपाल शेर्पा संघका उपाध्यक्ष डावा शेर्पा, नेपाल शेर्पा संघका महिला उपाध्यक्ष ल्हमु शेर्पा, नेपाल माउन्टेनेयरिङ एसोसिएसनका अध्यक्ष ( फुर गेल्जे शेर्पा, ओखलढुंगाको खिजिदेम्बा गाँउपालिका अध्यक्ष गम्बु शेर्पा, पुर्व नेपाल चीन राजदुत समाजका वरिष्ठ समाजसेवि आङ डेन्डि लामा शेर्पा, नेपाल शेर्पा कलाकार संघका अध्यक्ष पाल्मु शेर्पा, द शेर्पा टाइम्सका सन्चालक पासाङ छेलामु शेर्पा लगायत शेर्पा समुदायको अग्रज तथा वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। उपस्थित व्यक्तित्व हरुले शेर्वा चलचित्र अहिले सम्मै कै शेर्पाहरुको इतिहास बोक्ने अलग चलचित्र हुने बताए ।
कार्यक्रममा लेखक, कलाकार तथा निर्देशक कर्मा शेर्पाले शेर्वा चलचित्र एउटा फिल्म मात्र नभएर शेर्पा समुदायको पहिचान, इतिहास र आत्माको प्रतिविम्बको रुपमा रहने बताए। हिमाललाई जीवनको आधार बनाएका शेर्पाहरूको कथा संसारभर परिचित भएको तर उनीहरूको बलिदान, संघर्ष र आत्मसम्मानलाई कहिल्यै पनि वास्तविक गहिराइमा नदेखाइएकोले सोहि अभाव पूरा गर्न यो फिल्म बनाउन संकल्प गरेको बताए ।
शेर्वा चलचित्रले सिंगो हिमाली समाजको कथा संसारभर पु¥याउने साथै साहस, संस्कृति र आत्मबल मिसिएको जीवन यस फिल्म पाइने फिल्मका पटकथा लेखक सुमन गजमेरले बताए । चलचित्र मार्फत शेर्पा समुदायको साहसिक जीवन र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय रूपमा देखाउने उदेस्य रहेको यस फिल्मका निर्देशक दुर्लभ जन्तरेले बताए । शेर्पा फिल्मस्को प्रस्तुति तथा ८ के एक्सपेडिसनको सहकार्यमा निर्माण हुँदै गरेको यो चलचित्रमा हिमालका खास नायक शेर्पाहरुको जीवन यात्रामा आधारित छ । चलचित्रले शेर्पा समुदायको अद्भुत सहनशीलता, सांस्कृतिक सम्पदा र विश्वको सर्वोच्च शिखरहरू चढाउने क्रममा भोग्नुपरेको त्याग तथा बलिदानलाई चित्रण गर्ने छ ।
चलचित्रलाई कर्मा शेर्पा र दुर्लव जन्तरेले संयुक्तरुपमा निर्देशन गर्दैछन् । चलचित्रको कथा कर्मा शेर्पाले लेखेका हुन । आफै पनि शेर्पा समुदायको भएका कारण पनि शेर्पाहरुको भोगाई, जीवनशैली लगायतलाई निकै नजिकबाट बुझेको कर्मा बताउँछन् । चलचित्रमा सुमन गजमेरको पटकथा, रञ्जित श्रेष्ठको छायांकन, अटल राईको पास्र्व ध्वनि तथा सचिन राईको गायनले चलचित्रलाई सशक्त बनाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।
चलचित्रमा एक प्रमुख कलाकारको रूपमा चर्चित अभिनेता बुद्धि तामाङ, श्यामा श्री शेर्पाको पनि अभिनय रहनेछ । अन्य प्रमुख भूमिकाहरू भने देशव्यापी अडिसन तथा कास्टिङ कलमार्फत चयन गरिनेछ। यसरी कलाकार छनोट गरिदाँ हिमाली समाजको वास्तविक प्रतिनिधित्व र नयाँ प्रतिभाहरूले समेत अवसर पाउने निर्माण पक्षले जनाएको छ । हाल पूर्व–निर्माणको चरणमा रहेको यस चलचित्रलाई विभिन्न फिल्म फेस्टिभलहरुमा समेत सहभागी गराउने योजना समेत निर्माण टिमले लिएको छ ।













समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित