
गोरखा । सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर यहाँको पालुङटार नगरपालिका–७ मा ५४ वर्षीय कालीबहादुर बरामको मृत्यु भएको छ । खत्रीटार पिप्लेखोल्सीस्थित कटहरेपाटामा पोखरीमा डुवेर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
मङ्गलबार बराम अचानक चिप्लिएर उक्त पोखरीमा खसेकोमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको प्रहरीको टोलीले आजमात्र शव फेला पारेको उपरीक्षक सुवेदीले बताए । उक्त पोखरी सिँचाइ प्रयोजनका लागि बाँध लगाइ निर्माण गरिएको थियो । बरामको शव निकालेर घटनास्थलको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना