बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।

समितिले शनिबार प्राधिकरणको रिक्त संचालक समितिको अध्यक्ष पदको लागि दरखास्त आह्वान गर्दै सूचना जारी गरेको छ । समितिले ७ दिन समय राखेर सूचना जारी गरेको हो । सरकारले तोकेको योग्यता पुगेका योग्य इच्छुक नेपाली नागरिकले ७ दिन भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन् ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिका अनुसार बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) वमोजिम बीमा मौद्रिक बैंकिङ, वाणिज्यशास्त्र व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार