
काठमाडौं । उप्रप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार बलियो रहेको र आर्थिक स्थायित्व कायम गर्ने तर्फ लागेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘यो सरकार संसदीय अंकगणित भित्र सबैभन्दा बलियो र स्थिर सरकार हो । यो सरकारले आर्थिक स्थायित्वका लागि कुनै पनि कसर बाँकी राख्दैन,’ उनले भने । अर्थमन्त्रीले अहिलेको जस्तो सरकार अर्को बन्नै नसक्ने दाबी पनि गरे । उनले इतिहास, योगदान र भविष्य भएको ठूला दुई दल मिलेर सरकार बनेको हुँदा राजनीतिक स्थिरताको सुनिश्चितता भएको उल्लेख गर्दै यो सहकार्य २०८४ सालको निर्वाचनसम्म निरन्तर रहने दाबी समेत गरे ।
‘अहिलेको संसदीय अंक गणित भित्र यसभन्दा बलियो र स्थिर सरकार अर्को हुन सक्दैन । हामीले यसबीचमा स्थिरता कायम गरेका छौं । अब सरकार फेरिन्छ भन्ने आशंका र दुबिधाबाट देश निस्किएको छ,’ उनले भने । त्यस्तै, अर्थमन्त्री पौडेलले पर्यटन प्रवर्द्धनलाई सरकारको प्राथमिकतामा राखिएको जनाउँदै नीति, कार्यक्रम र बजेटमार्फत महत्वपूर्ण कार्यक्रम घोषणा भइसकेको बताए । पर्यटन प्रवर्द्धनका लागि सरकारले कुनै कमी नराख्ने स्पष्ट पार्दै उनले सरकार आवश्यक सबै कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे । ‘अहिले सरकारले पर्यटन प्रवद्र्धनका लागि नीति, कार्यक्रम र बजेटमार्फत महत्वपूर्ण कार्यक्रम घोषणा गरेको छ । त्यसतर्फ नै हाम्रो ध्यान छ । गर्नुपर्ने जे हो, सरकारले सबै गर्छ,’ उनले भने ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो